
लुम्बिनीसहित यी ४ प्रदेशमा फेरीए डिआईजी

मंसिर २८, काठमाडौँ । गृह मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ ।
भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।
डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ ।
रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया