
पूर्वराजा शाह लुम्बिनीमा हजार गुम्बा विहारको पूजामा सहभागी




लुम्बिनी । पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा स्थापित हजार बुद्ध मन्दिरको पूजामा सहभागी भएका छन्। शाह शुक्रबार बिहान साढे ११ बजे लुम्बिनीस्थित पश्चिम विहारमा पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) मा आयोजित विश्वशान्ति र प्राण प्रतिष्ठा पूजामा सहभागी भएका हुन्। पूर्वराजा शाहलाई बौद्ध गुरु छोकी निमा रिन्पोछेले स्वागत गरेका थिए।यसैगरी उनलाई बौद्ध धर्मगुरुहरुले समेत स्वागत गर्दै पूजामा सहभागी गराएका थिए यसअघि हजार बुद्धका मूर्तिहरू रहेको विहारका रिन्पोछेसहित लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश ता विदेशका चन्दादाताको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको जानकारी दिए। उनले अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए। रिन्पोछेले बुद्ध जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै आफूहरूलाई पूजाको वातावरण बनाइदिन आग्रह गरे।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताए। उनले परमपूज्य गुरु निमा रिन्पोछेले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्धनमा ठूलो टेवा दिएको बता। ‘यो गुम्बा राज्यले निर्माण गर्नुपर्ने थियो। रिन्पोछे र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान भएको छ’, उनले भने।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पु¥याउने बताए। लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनलगायतका व्यक्तिहरुको सहभागिता थियो।
विहार उद्घाटनअघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठा पूजा गरिएको थियो। पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठा, चन्द्र अमृत नामक स्नान, शाक्यमुनि बुद्धको साधना सोह« स्थविरको स्तुति एवम् पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिए।
विश्वशान्तिको कामना, विश्व प्राणी जगत्को कल्याणको कामनासहित छोकी निमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक एवम् प्रवचन दिएका थिए। महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुना, स्वदेशी विशिष्ट व्यक्तिसहित ६ सय जना सहभागी छन्।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया