

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

लुम्बिनी | नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ । आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी सार्वजनिक गरेको हो ।
क्बका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए ।
जर्सीको निलो रङ्गले सम्पूर्ण नेपालको शान्ती र समृद्धिको भावना बोकेको लुम्बिनी लायन्सले जनाएको छ । सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ भने सिंहको रंग पानी सुनौलो रंग नै हुने भएकोले सुनमा सुनौलो छाएको क्लबले जनाएको छ ।
यस्तै जर्सी सार्वजनिक गरेपछि र्याली कार्यक्रम समेत आयोजना गरिएको छ । क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया