
बाणगंगा ८ की १६ वर्षीय किशोरी १५ दिनदेखि सम्पर्कविहिन, परिवार चिन्तित

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका नगरपालिका वडा नम्बर ८ बाट एक किशोरी सम्पर्क विहिन भएकी छिन् । उनी दुई हप्ता देखि परिवारको सम्पर्कमा नआएको जनाइएको छ । जसका कारण परिवारका सदस्यहरु चिन्तामा परेका छन् ।
वडा नम्बर ८ ढोडेकोल स्थित धर्मराज भुसाल र कल्पना भुसालकी छोरी वर्ष १६ की बसन्ती भुसाल कात्तिक १४ गते देखि सम्पर्कविहिन भएको परिवारले बताए । उनीहरुका अनुसार बसन्तीले सोही दिन आफ्नी बहिनीसँग बुटवल जान्छु भनि हिडेकोमा हाल सम्म पनि घरपरिवारको सम्पर्कमा नआएको उनकी आमा कल्पना भुसालले बताइन् । घरमा आफ्नो बुवासँग चप्परगाउँ जान्छु भनेकी बसन्तीले बहिनीसँग भने बुटवल जान्छु भनेकी थिइन् ।
बसन्तीले बाणगंगा ७ स्थित जनज्योति मावि मोतिपुरमा कक्षा ८ मा अध्ययन गर्छिन । यस अघि त्यसरी घर नछोडेका कारण छोरी पछिल्लो १५ दिन देखि सम्पर्कमा नआउँदा चिन्तमा परेका छन् । आफ्नी छोरीको खोजिमा लागि सहयोग गरिदिन उनकी आमा कल्पनाले अनुरोध गरिन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया