

रास्वपा लुम्बिनी प्रदेशको निष्कर्ष : केन्द्रले आन्दोलन चर्काउन सकेन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशले आन्दोलनका लागि पार्टी केन्द्र चुकेको निष्कर्ष निकालेको छ ।
लुम्बिनी प्रदेशको २२ र २३ गते बसेको बैठकका निर्णय अनुसार प्रदेश सभापति देवराज पाठकले शनिबार केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई पत्र पठाएका थिए । हालसम्मको आन्दोलनको ठोस योजना बनाएर मूर्तरुप दिन केन्द्रीय समिति चुकेको पत्रमा लेखिएको छ ।
आन्दोलनको स्पष्ट खाका तुरुन्त बनाएर पार्टीको वडा तहसम्मका समितिलाई परिचालन गर्न प्रदेश समितिले सुझाव दिएको छ । सडक आन्दोलनका लागि अन्य पार्टीसँग समेत सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ ।
पत्रमा नयाँ जनमत पार्टी सहित नयाँ वैकल्पिक शक्तिसँग पार्टी एकता गर्न संवाद समिति बनाउनुपर्ने सुझाव दिइएको छ । २ कात्तिकमा सभापति रवि लामिछाने सहकारी ठगीमा प्रक्राउ परेपछि रास्वपाले निरन्तर सडक प्रदर्शन गर्दै आएको छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया