

१९ वर्ष मूनीको महिला विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ : आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै खेल्दै छ । आफ्नो तेस्रो खेलअन्तर्गत आज नेपालले यूएईसँग उसकै मैदानमा खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे शुरु हुने छ ।
बुधवारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले पराजित गर्याे ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
१९ वर्ष मूनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया