

एनपीएल : पूर्व भारतीय यू–१९ कप्तान चन्द लुम्बिनी लायन्समा अनुबन्ध


बुटवल : भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित हुनुभएको छ ।
चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ । उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताउनुभएको थियो ।
फाइनल खेलमा उहाँले शतक समेत हान्नुभएको थियो । उहाँले आइपिएलमा दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइज टोलीबाट खेल्नुभएको छ ।
हाल अमेरिकाको मेजर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका चन्दको आगमनले टोलीलाई बलियो बनाउने लुम्बिनी लायन्सले विश्वास गरेको छ । चन्दले ६७ फस्ट क्लास खेलमा तीन हजार ३७९ रन बनाउनुभएको छ । जसमा उहाँको औसत रन ३१.५७ थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगितामा आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया