

एनपीएल : पूर्व भारतीय यू–१९ कप्तान चन्द लुम्बिनी लायन्समा अनुबन्ध



बुटवल : भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित हुनुभएको छ ।
चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ । उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताउनुभएको थियो ।
फाइनल खेलमा उहाँले शतक समेत हान्नुभएको थियो । उहाँले आइपिएलमा दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइज टोलीबाट खेल्नुभएको छ ।
हाल अमेरिकाको मेजर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका चन्दको आगमनले टोलीलाई बलियो बनाउने लुम्बिनी लायन्सले विश्वास गरेको छ । चन्दले ६७ फस्ट क्लास खेलमा तीन हजार ३७९ रन बनाउनुभएको छ । जसमा उहाँको औसत रन ३१.५७ थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगितामा आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया