
कपिलवस्तुमा लक्ष्मीपूजाका मूर्ति विसर्जन

कपिलवस्तु | तिहारको अवसरमा जिल्लाभरि लक्ष्मीको पूजा गरिएको छ। लक्ष्मीपूजाका लागि विभिन्न स्थानमा स्थापना गरिएका २ सय ६३ वटा महालक्ष्मीका मूर्तिहरु स्थानीय नदी, नाला र पोखरीमा विसर्जन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, तिहार पर्वको सुरुवातसँगै जिल्लाका १० पालिकामा विभिन्न स्थानमा महालक्ष्मीका मूर्तिहरु स्थापना गरिएको थियो। सोमबार र आइतबार गरी क्रमशः १ सय ३२ र १ सय २४ मूर्तिहरु विसर्जन गरिएको थियो। बाँकी सात वटा मूर्ति विसर्जन गरिने प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिँदै भने, “तिहारको उल्लासमा स्थानीय नदी र पोखरीमा मूर्तिहरुको विसर्जन गरिएको छ, जसले समृद्धि र शान्तिको प्रतीक लक्ष्मीलाई सम्मानित गर्ने परम्परा निरन्तरता पाउँछ।”
हिन्दु धर्मगुरु रामशब्द मिश्राले पनि यस परम्परामा जोड दिँदै भने, “दशैंको समयमा दुर्गा भगवतीको मूर्ति निकाल्ने परम्परा पुरानी हो, तर तिहारमा लक्ष्मीको मूर्ति स्थापना र विसर्जनको चलन भने पछिल्लो केही वर्षमा बढ्दो रूपमा फैलिएको छ।”
गत वर्षको दशैंमा ४ सय ७० वटा दुर्गा भगवतीका मूर्तिहरु निकालिएका थिए। यस वर्ष पनि लक्ष्मीपूजाका अवसरमा मूर्तिहरु विसर्जन गर्दै परम्पराको पालना गरिएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया