

भारतमा कार दुर्घटना : भाईटिका मनाउन फर्किदै गरेका बाणगंगाका बेल्बासेसहित दुई जनाको मृत्यु



कपिलवस्तु । भाईटिका मनाउन भारत बाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पंजाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पिबि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो ।
आज बिहान साढे ५ भएको दुर्घटनामा परी कपिलवस्तु बाणगंगा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगंगा नगरपालिका जितपुर चार नम्बर निवासी टेक बहादुर र उहाँको पत्नी धनकाला घाइते हुनु भएको बलरामपुर प्रहरीले जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया