

भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली गीत



साझाकुरा । यस वर्षको यमपञ्चक अर्थात् तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाएर आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।
लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।
आज लक्ष्मीको पूजा पश्चात् भैली खेल्ने गरिन्छ । भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतिको रूपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै यकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाको साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशीर्वाद दिँदै हिँड्ने चलन छ ।
देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन छ । कतिपय स्थानमा भने लक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।
भैली खेल्ने योजना बनाइरहनु भएको छ भने हामी भैलीका गीतहरू प्रस्ट पार्ने छौँ ।
तिहारमा यसरी गाइन्छ भौली गीत :
आहै भन मेरा भाई हो देउसी रे
आहै राम्ररी भन देउसी रे
आहै स्वर मिलाई भन देउसी रे
आहै झिलिमिली झिलिमिली देउसी रे
आहै के को झिलिमिली देउसी रे
आहै बत्तीको झिलिमिली देउसी रे
आहै फूलको झिलिमिली देउसी रे
आहै राम्ररी भन देउसी रे
ए रातो माटो देउसी रे
चिप्लो बाटो देउसी रे
आहै लड्दै पड्दै देउसी रे
ए आएका हामी देउसी रे
देउसीरे खेल्न देउसी रे
आहै झिलिमिली झिल्ला देउसी रे
आहै तातो रोटी मिल्ला देउसी रे
आहै हामी त्यसै देउसी रे
आएका हैनौ देउसी रे
बलिमा राजा देउसी रे
हुकुमले गर्दा देउसी रे
आएका हामी देउसी रे
आहै भन मेरा भाई हो देउसी रे
आहै राम्ररी भन देउसी रे
आहै स्वर मिलाई भन देउसी रे
आहै मेरा भाई हो देउसी रे
आहै आशिष है दिउ दिउ देउसी रे
आहै यसैमा घरमा देउसी रे
आहै लक्ष्मीले सधै देउसी रे
आहै बासमा गरुन देउसी रे
आहै यसैमा घरका देउसी रे
आहै माता र पिता देउसी रे
आहै बरपीपल जस्तै देउसी रे
आहै मौलाही रहुन देउसी रे
आहै यसैमा घरका देउसी रे
आहै दाजु र दिदि देउसी रे
आहै भाई र बैनी देउसी रे
आहै दुबो मौलाही झैँ देउसी रे
आहै मौलाही रहुन देउसी रे
आहै यसैमा घरका देउसी रे
आहै मातापिताले देउसी रे
आहै ढुंगामा छुदा देउसी रे
आहै दरबार रे बनुन देउसी रे
आहै माटोमा छुदा देउसी रे
आहै अन्नमा बनुनु देउसी रे
आहै कागजमा छुदा देउसी रे
आहै पैसा नै बनुन देउसी रे
आहै देउसेका आशिक देउसी रे
आहै लागीमा जाउन देउसी रे
देउसी भैलो तथा भैलैनी गीत
भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
हे ! औँसी को बारो (बार), गाई तिहारो भैलो ।
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
औँसीको रात अन्धकार, बत्ती नै बत्तीको चमत्कार
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
गाउँघरमा खटाको, बलीमा राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
भैलिनी आइन् आगन, गुनिया चोलो मागन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
छानामाथि घिरौला, के–के दिन्छिन् हेरौँला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ती छिन्, लक्ष्मी माता जस्ती छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
कति दिऊ के दिऊ भन्दै छिन्, रुपैयाँ पैसा गन्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
धमिराको ताँती, हामीलाई भो राति
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
दिने भए सिधा देऊ, नदिने भए बिदा देऊ
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।
जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।
यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया