

बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ



काठमाण्डाै – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदसहित १७ जना पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो ।
प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका सांसद अशोककुमार चौधरी, काठमाण्डाै जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य निकालेर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ । प्रदर्शनपछि सभामा सुमना श्रेष्ठ, सन्तोष परियार, डीपी अर्याल, स्वर्णिम वाग्लेलगायतले सम्बोधन गर्ने तालिका रहेको थियो ।
पक्राउ परेका लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया