

द्वन्द्व पीडितको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ: आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व पीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरूको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् ।
दाङको लमहीमा प्रदेश स्तरीय अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरूको हक अधिकारलाई सम्बोधन गर्ने गरी भूमिका निर्वाह गरिरहेको बताए ।
द्वन्द्व र द्वन्द्व पश्चताको शान्ति प्रक्रिया, नीति निर्माणमा महिलाको सहभागिता, महिला र बालिकाहरूको सबै प्रकारका अधिकारहरूको संरक्षणका लागि प्रदेश सरकारले नीतिगत सुधार गरेर ध्यान दिएको समेत बताए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज र द्वन्द्व पीडित समिति बर्दियाको आयोजनामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्य योजना सम्बन्धी प्रदेश स्तरीय अन्तर संवाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानु नमन्त्री आदेश अग्रवाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर कडायत, यस्तै द्वन्द्व पीडितहरूको सहभागिता थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया