

कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु



कपिलवस्तु । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनु भयो ।
वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गर्दा दुर्घटना भएको थियो । बा प्र –०१–०२९च९१५० को स्र्कापियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । दुर्घटनामा सोही नगरपालिका वडा नं। १० जनकपुर बस्ने वर्ष ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको छ । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर र एक जना नाम नखुलेका पुरुष रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया