



भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाण्डाै : नेकपा एमालेले नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
हिजो बसेको सचिवालयको बैठकले पार्टी कार्यालयको भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई तथा लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेका पूर्वउपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले व्यवसायी मीनबहादुर गुरुङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउने विषयमा असहमति राख्दै आउनुभएको छ ।
व्यवसायी गुरुङले दान दिएको भनिएको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गरेपछि यसको विरोध हुँदै आएको छ ।
जग्गा दान लिएको विषयमा पार्टीपङ्ति र बाहिरबाट समेत आलोचना भएपछि एमाले केन्द्रीय सचिवायलयको हिजो बैठक बसेको थियो । बैठकले पार्टीको भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट भएको जग्गा प्राप्तिलाई ‘स्वाभाविक’ भन्दै जग्गा प्राप्त हुँदा कुनै स्वार्थ नबाझिने निष्कर्ष निकालेको छ ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले जग्गा प्राप्तिमा देखिएका जटिलता कानूनी प्रक्रियाबाट समाधान गर्ने भन्दै एक जना व्यक्तिले सहयोग गर्छु भन्दा त्यो सहयोग लिएको र यसमा कुनै स्वार्थ नरहेको बताउनुभयो । भूकम्पको क्षतिमा अरूहरूले जस्तै एमालेले पनि सहयोग लिएको उहाँको तर्क छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया