

बाणगंगा ८ बाट एक सातादेखि एक बालिका सम्पर्कविहिन

साझाकुरा, कपिलवस्तु । कपिवस्तुको बाणगंगामा विद्यालय जाँन हिडेकी एक बालिका एकसाता देखि सम्पर्कविहिन भएकी छिन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ बाणिगाउँ स्थित गिरबहादुर पुनको छोरी वर्ष १५ की सरिता पुन एक साता देखि सम्पर्कविहिन भएकी हुन ।
भदौ ३१ गते बिहान विद्यालय जाँन भनि विद्यालय पोशाकमा हिडेकी पुन हाल सम्म पनि सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन् । सरिताले बाणगंगा मावि लौगाइमा कक्षा १० मा अध्ययन गर्छिन् ।
यता सरिताका परिवारले आफ्नो छोरी सम्पर्कविहिन भएको घटना प्रहरीलाई समेत जानकारी गराएका छन् । सरिताका बुवा गिरबहादुर पुन मगरले अहिलेसम्म त्यसरी कहिँ नगएकी छोरी एक्कासी काहाँ गई भन्ने थाहा पाउन नसकको बताए ।
उनले आफ्नो छोरीको खोजि कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बुवा गिरबहादुर पुन र आमा बसन्ती पुनले सरितालाई कहि कतै फेला पारेमा आफ्नो सम्पर्क नम्बर 9803444696 मा सम्पर्क गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।
आफूहरुले थाहा भएसम्मका स्थानमा खोजि गर्दा समेत हाल सम्म पनि छोरिको अवस्थाबारे थाहा पाउन नसकेको परिवारको भनाइ छ ।
उता इलाका प्रहरी कार्यालय पिपराले समेत घटनाका विषयमा खोजी भइरहेको बताएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया