

आज २०८१ साल असोज ६ गते आइतबारको राशिफल



इसाझाकुरा : आज २०८१ साल असोज ६ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर २२ तारिख। पञ्चमी श्राद्ध। आश्मिन कृष्ण पक्षको पञ्चमी तिथि। तुलामा दृश्य सूर्य। विश्व शान्ति दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। साझाकुराका लागि ज्योतिष कमलनयन पौडेलले तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारीको अवसर प्राप्त हुनसक्छ। यात्रा लाभदायक बन्न सक्छ। तर, निर्णय गर्दा सावधानी अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान दिनुहोस्। धनको व्यवस्थापनमा चुनौती आइन सक्छ। व्यक्तिगत सम्बन्धमा समय दिनु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारिक लाभको सम्भावना छ। परिवारमा सुख शान्ति छाउने छ। सामाजिक काममा सहभागिता रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसर प्राप्त हुने छ। लगानीका लागि उत्तम समय छ। तर, घर परिवारसँग मनमुटाव हुन सक्नेछ, धैर्य राख्नुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको भारले तनाव उत्पन्न हुनसक्छ। साथीभाइसँग समय बिताउँदा मन हलुका हुनेछ। वित्तीय स्थितिमा सुधार आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक समर्थन प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। तर, यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन सकारात्मक रहनेछ। वित्तीय सुधार आउनेछ। तर, निर्णय गर्दा सतर्क रहनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। अरूको कुरामा धेरै विश्वास नगर्नु राम्रो हुनेछ। आर्थिक पक्षमा सुधार हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फ, ढ, भे)
नयाँ कामको प्रस्ताव आउन सक्छ। साथीहरूसँग समय बिताउन पाइनेछ। पारिवारिक सम्बन्धमा सुधार हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। मानसिक तनाव कम हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक काममा सक्रियता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आर्थिक पक्ष सुदृढ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन मिश्रित फल दिनेछ। व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त हुने सम्भावना छ। पारिवारिक विवादमा सजग रहनुहोला।


प्रतिक्रिया