आज २०८१ साल भदौ २६ गते बुधबारको राशिफल

कपिलवस्तु : आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रतरगोरखकाली पूजारराधा जन्मोत्सव। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ईसाझाकुराका लागि ज्योतिष कमलनयन पौडेलले तयार पार्नुभएको आजको फलादेशः

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो आत्मविश्वासको कारण चुनौतीपूर्ण कामहरूमा सफलता प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना रहेको छ। तर, व्यक्तिगत सम्बन्धमा सावधानी अपनाउनु पर्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा केही चुनौतीको सामना गर्नुपर्ला। मानसिक तनावले सताउन सक्छ, तर परिवारको सहयोगले समस्या समाधान गर्न सफल भइनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक सहयोगले नयाँ योजना बनाउने अवसर मिल्नेछ। सामाजिक कार्यमा सहभागिता बढ्न सक्छ। व्यापार वा रोजगारमा सुधार देखिनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा ध्यान केन्द्रित गर्न सकिने समय हो। नयाँ काम सुरु गर्दा राम्रो सफलता मिल्नेछ। साथीभाइसँग भेटघाटले मानसिक शान्ति प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सार्वजनिक काममा सफलता मिल्ने समय छ। नेतृत्व क्षमता बढ्नेछ। तर, अरुको कुरामा ध्यान दिनु पर्नेछ, नत्र केही असहमति उत्पन्न हुन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्यात्म र ध्यानमा रुचि बढ्न सक्छ। काममा गरिएको परिश्रमको राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनु पर्नेछ, तर आर्थिक पक्ष भने राम्रो रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारी काममा सफलता मिल्नेछ। व्यक्तिगत सम्बन्धमा सुधार आउनेछ। प्रेम सम्बन्धमा नजिकको साथीबाट सहयोग प्राप्त हुनेछ। व्यावसायिक क्षेत्रमा पनि फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुकूल समय छ। काममा उन्नति प्राप्त हुनेछ। घरायसी समस्या समाधान हुनेछ। तर, स्वास्थ्यमा केही समस्या देखापर्न सक्छ। व्यक्तिगत रूपमा भने राम्रो समय रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साहसिक काममा हात हाल्दा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। घरपरिवारसँग समय बिताउन पाउनु हुनेछ। नयाँ अवसरहरू पनि प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अहिलेको समयले पारिवारिक खुसी मिल्नेछ। काममा ध्यान दिँदा राम्रो सफलता प्राप्त हुनेछ। यात्रा वा सन्चार माध्यमबाट लाभ हुने योग छ। स्वास्थ्य भने केही कमजोर हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम गर्ने अवसर मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। वैदेशिक क्षेत्रबाट पनि लाभको सम्भावना छ। तर, व्यक्तिगत सम्बन्धमा केही चिसोपन रहन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मानसिक शान्ति मिल्नेछ। काममा ध्यान दिएर अघि बढ्दा सफलता प्राप्त हुनेछ। आर्थिक रूपमा बलियो हुने समय हो। व्यक्तिगत जीवनमा सुधार आउनेछ।

प्रतिक्रिया