
लुम्बिनीका पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरे

दाङ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिए ।
असोज २० गते बिहिवार मुख्यमन्त्री कार्यालयमा चालक मार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरे । भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो ।
वि.सं. २०७९ भदौ ३१ गते बसेकाे प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदै आएका थिए । पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए ।
आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागी पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हाे । पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । पूर्व सभामुख घर्तिले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी दिएको बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया