
अहिले कर्मचारीको तलब २५ पैसा पनि वृद्धि गर्न सकिँदैन: प्रधानमन्त्री ओली

काठमाडाैँ | प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने नसकिने बताएका छन्।
शनिवार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताएका हुन्।
उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गरे।
उनले भने, ‘ म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ। पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ। अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन। देशको अर्थतन्त्रले गर्न सम्भव छैन। मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ।’
उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताए।
उनले भने,’ अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ, सबै चिज बढ्छ। देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रूपमा विशृङ्खलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौ, सबैको स्थिति नराम्रो हुन्छ।’
ओलीले नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताए। उनले भने, ‘अहिले नियोजित र प्रायोजित चल्लाहरू थुप्रै चलाउने गरिएको छ। सरकारको विरोध केही नगरीकनको बहादुरी भएको छ। सरकारको विरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो।’


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया