

एनपीएल : सबैभन्दा महङ्गो ३ करोड ५७ लाखमा बिक्यो पोखरा, अन्य टिमको कति ?

बुटवल : नेपाल प्रिमियर लिग-एनपीएलमा ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । सबै भन्दा बढी मूल्य पोखराले पाएको छ । उक्त टिमलाई पोखरा एभेन्जर्सले ३ करोड ५७ लाखमा लिएको हो ।
यसैगरी काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा खरिद गरेको छ । चितवनलाई चितवन मेडिकल कलेजले पाएको छ । लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदुर पश्चिमलाई एम्पायर स्पोर्टसले पाएका छन् ।
नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाख पाएको हो । चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको हो ।
फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ । एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो । एक-एक करोड बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता हुनेछ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया