

एमाले बाणगंगा नगर अध्यक्षमा ‘सोमनाथ अर्याल’ निर्वाचित



जितपुर | नेकपा (एमाले) बाणगंगाको नेतृत्व सोमनाथ अर्यालले पाएका छन् । शनिबार सम्पन्न अधिवेशन अन्र्तगत निर्वाचनबाट अर्याल निर्वाचित भएका हुन ।
सहमति टरेपछि एमाले बाणगंगामा ३ बर्षे कार्यकालको लागि चुनावबाटै नेतृत्व आयो । रातभर नेताहरुले सहमति गरेको प्रयास गरे पनि उम्मेदवारहरुले आआफ्नो अडान नछाडेपछि चुनाव मार्फत नेतृत्व चयन गरिएको हो ।
प्रतिद्वन्दी मदन शाहीलाई निर्वाचनमा पराजित गर्दै एमाले बाणगंगा नगर अध्यक्षमा अर्याल निर्वाचित भएका छन् । सम्पन्न मतगणनाको नतिजामा १४६ मतसहित अर्याल नगर अध्यक्षमा निर्वाचित भए भने शाहीको पक्षमा जम्मा ५४ मत मात्र खसेको थियो । यसरी हेर्दा ९२ मतको अन्तरले अर्याल विजयी भए । २११ प्रतिनिधि रहेकामा जम्मा २०४ मत खसेको थियो ।
यस्तै उपाध्यक्ष पदको लागि भएको चुनावमा चार नम्बरका भीम बहादुर थापा १३९ मतसहित नै निर्वाचित भएका निर्वाचन मण्डलले जानकारी दिएको छ ।
यस्तै उपसचिवमा जगतराज रेग्मी निर्वाचित भएका छन भने महिला उपसचिवमा लक्ष्मी थारु निर्वाचित भइसकेकी थिइन् । यस्तै सचिव पदमा पनि चेतनारायण आचार्य निर्विरोध निर्वाचित भएका बताइएको छ ।


खबर सबै
-
थारू बस्तीमा अट्वारीको रौनक
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण






प्रतिक्रिया