
यशोधरा गाउँपालिकामा सिनियर अनमीको भ्रष्टाचार: नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको अख्तियारको दाबी, विशेष अदालतमा मुद्दा दायर

कपिलवस्तु | कपिलवस्तुको यशोधरा गाउँपालिकाकाे सिनियर अनमी (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सरस्वतीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अख्तियारको दाबी छ । नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सिनियर अनमीमा काम गर्दा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गर्दा सरस्वतीले भारतबाट ल्याएर पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।
‘सरस्वतीले नक्कली प्रमाण–पत्र पेश गरी लाभ एवं सुविधा लिएको पाइएको छ,’ अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘उनले प्रचलित भ्रष्टाचार निवारण ऐनमा परिभाषित कसुर गरेको पुष्टि हुन आएको छ । यसर्थ उनलाई सोही ऐनबमोजिम सजाय हुन मागदाबी लिई बिहीवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
अनमी सरस्वतीको शैक्षिक प्रमाणपत्रको विषयमा छानबिन भइरहेका कारण विगत १५ महिना देखि उनले कार्यालयमा हाजिर समेत नगरेको गाउँपालिकाका एक कर्मचारीले बताएका छन् ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया