

वडा अध्यक्ष सवार स्कार्पियो अर्घाखाँचीमा दुर्घटना, तीन जना घाइते



अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडा अध्यक्ष र चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडा अध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडा अध्यक्ष सालिकराम टण्डन घाइते भएका हुन्। यस्तै चालक हिमाल राना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ।
कपिलवस्तुबाट अर्घाखाँची सन्धिखर्कतर्फ जाँदै गरेको गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


खबर सबै
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ






प्रतिक्रिया