

वडा अध्यक्ष सवार स्कार्पियो अर्घाखाँचीमा दुर्घटना, तीन जना घाइते



अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडा अध्यक्ष र चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखराका वडा अध्यक्ष कमल पौडेल र गुल्मी दरबार गाउँपालिकाका प्रवक्ता एवं वडा–७ का वडा अध्यक्ष सालिकराम टण्डन घाइते भएका हुन्। यस्तै चालक हिमाल राना पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठोरले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार गरिएको छ।
कपिलवस्तुबाट अर्घाखाँची सन्धिखर्कतर्फ जाँदै गरेको गुल्मी दरबार गाउँपालिकाको लु १ झ ४२५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया