

लुम्बिनीका कांग्रेस महामन्त्री खनालसँग अनुशासन समितिले माग्यो स्पष्टीकरण



बुटवल ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालसंग स्पष्टीकरण सोधेको छ ।
२०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं २ का कांग्रेस उम्मेदवार देबेन्द्रराज कंडेल लगायतलाई हराउन भूमिका खेलेको भन्दै परेको उजुरीका आधारमा अनुसशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो ।
१६ साउनमा समितिले पत्र पठाएपछि खनालले अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानालाई स्पष्टीकरण समेत बुझाइसकेका छन् । संयोजक ढुंगानाले खनालको स्पष्टीकरण प्राप्त भएको जानकारी गराउंदै केन्द्रीय समिति बैठकपछि यसबारे निर्णय हुने बताए ।
खनालविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य उम्मेदवार २(१) का उम्मेदवार बैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ्ग, सरावल गाउँपालिका कार्यसमितिका सभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य विनोदकुमार चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले चुनावमा असहयोग गरेको लगायत विभिन्न आरोपमा उजुरी दिएका थिए ।
उनीमाथि पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विभिन्न सार्वजनिक स्थानमा कार्यकर्ताहरुलाई निर्देशन दिएको राप्रपाको उम्मेदवारलाई जिताउने कार्यमा विपक्षी दलहरुसंग निरन्तर समन्वय र वैठकहरु गरेको लगायतका आरोप उजुरीकर्ताले लगाएका थिए ।
महामन्त्री खनालले भने आरोपहरु सत्य नभएको दावी सहित स्पष्टीकरण बुझाएको बताए । महान्त्री खनाल पार्टीभित्र संस्थापन इतरका हुन् भने उजुरी दिनेहरु संस्थापन पक्षका हुन् ।
४ मंसिर २०७९ को चुनावमा नवलपरासी २ बाट कांग्रेस उम्मेदवार कँडेललाई हराउँदै राप्रपाका ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया