
प्यूठान र पाल्पाबाट जबरजस्ती करणी आरोपमा तीनजना पक्राउ

साझाकुरा। जबरजस्ती करणी तथा बलत्कार आरोपमा प्रहरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आरोपितहरुलाई नियन्त्रणमा लिएको छ ।
प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका(२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता पाल्पामा६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका–१ बस्ने ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादीर इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पामै १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–७ कुन्सरे बस्ने ४३ वर्षीय ईन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया