

आज साउन १३ गते आइतबार, हेर्नुहोस् ‘राशिफल’


आज २०८१ साल साउन १३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २८ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्।
मेष : शुभ समाचारले मनमा उत्साह बढ्नेछ। व्यवसायको क्षेत्रमा सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। बोलीमा सरस्वतीको बास भएकाले थोरै बोल्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानीबाट उन्नति हुने दिन छ। परिवारको सहयोग मिल्नेछ।
वृष : दैनिकी राम्रो छ। ठुलो सम्पत्तिको कारोबारमा सहभागी हुने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। जमिनको कारोबारबाट धन आर्जन हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आफ्नै बोलीका कारण अप्ठेरो पर्ने भएकाले बोल्नु अगाडि सचेत बन्नु राम्रो होला।
मिथुन : स्वास्थ्यका समस्याको समाधान हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कामको अवसर मिल्ने योग छ। शिक्षा क्षेत्रमा गरेको लगानीले असफल बनाउने छ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।
कर्कट : दैनिकी राम्रो छ। आफूले गरेको कामबाट उत्साह मिल्नेछ। धन कमाउने लोभले मर्यादा बिर्सने खतरा देखिन्छ। राम्रो भन्दाभन्दै आफन्त टाढा भएको देख्नुपर्ने बाध्यता हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।
सिंह : धर्म र समाजसेवामा झुकाब रहने योग छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारमा अरुको मर्म नबुझ्दा विवाद हुनसक्छ।
कन्या : धन आर्जन गर्ने दिन छ। धनको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने खतरा देखिन्छ। कुरा काट्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : दिन सामान्य छ। हल्ला गर्नु भन्दा काम गर्नु राम्रो होला। पूर्व योजना सार्वजनिनक गरेमा काम नबन्ने जोखिम हुनेछ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। धार्मिक क्षेत्रको कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा चासो नराख्नु फाइदा हुनेछ।
वृश्चिक : नयाँनयाँ क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ। वैदेशिक लगानीबाट मनमा उत्साह बढ्नेछ। स्वदेशमा भइरहेको व्यापारमा मन्दी आउने देखिन्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने देखिन्छ।
धनु : शिक्षाको क्षेत्रमा राम्रो आम्दानी हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको रचनात्मक साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक क्षेत्रको व्यक्तिभन्दा टाढा बस्नु बेफाइदा हुनेछ।
मकर : अचानक सञ्चित धनको खर्च हुने दिन छ। दैनिक व्यवसायमा मन्दी आउने जोखम छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह थपिने छ। आफन्त भनेका व्यक्ति विपक्षी टिममा पुग्ने भएकाले मन दुःखी हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
कुम्भ : आफूलाई उत्कृष्ट र अरुलाई कनिष्ठ सोच्ने बानीले घाटा हुनेछ। कृषि क्षेत्रबाट राम्रो नाफा हुनेछ। राजनीतिमा ठुलो लगानी नगर्नु राम्रो होला। स्वास्थ्यमा लाभ हुनेछ भने परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन : धन आर्जन गर्ने समय छ। सानो प्रयासबाट राम्रो फाइदा हुनेछ। समाजसेवा र राजनीतिबाट उन्नति हुनेछ। लगानीबाट नाम, दाम र इनाम मिल्नेछ। परिवारमा टकराब हुने जोखिम छ। धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो हुनेछ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया