
कपिलवस्तुमा पाेखरीमा डुबेर एक किशोरीकाे मृत्यु

कृष्णनगर । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
दिउसाे पाेखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।
शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया