

वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थाले



गुल्मी | कालिगण्डकी गाउँपालिका-१ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थालेका छन्। बाँझो ५४० रोपनी जग्गाको सदुपयोग गर्दै २३ कृषक मिलेर अहिले सामूहिक किवी खेती गरेका हुन्।
वर्षौँदेखि बाँझो रहेको जग्गाको सदुपयोग गर्न ६ हजार ७०० बिरुवा रोपेर व्यावसायिक किवी खेती गरेको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताए। ‘यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ समूह नै बनाएर सामूहिक किवी खेती गरेको उनको भनाइ छ। वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताइन्।
सिँचाइ समस्या
किवी खेतीका लागि पहाडी भूभाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्या तथा कृषक तिलक राना बताउँछन्। अहिले पहिलो पटक केही बिरुवाहरुले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उनको भनाइ छ।
ज्ञान केन्द्रको २८ लाख सहयोग
अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइका लागि २८ लाख रुपैयाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसान यसतर्फ आर्कषित भएको कृषि भण्डारीले बताए ।
६५ हेक्टर क्षेत्रफलमा किवी खेती
जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइएको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ।
२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ।
समुद्री सतहदेखि एक हजार २०० मिटरभन्दा माथिको भूभागमा किवी खेती हुन्छ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तह खेती गर्न योग्य मानिएका छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया