
कारागारबाट सुरुङ खनेर भागेका फरार व्यक्ति १५ वर्षपछि कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु । कारागारबाट सुरुङ खनेर फरार भएका एकजनालाई प्रहरीले १५ वर्ष पछि पक्राउ गरेको छ । भारत उत्तरप्रदेश सिद्धार्थनगर जिल्ला चिल्हिया थाना घर भएका स्कुल मियाँ अन्सारी भनिने मोहम्मद स्कुललाई कपिलवस्तुको शिवराज नगरपालिका–७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलका अनुसार उनलाई डाँका मुद्दामा अदालतले ६ वर्ष ५ महिना ९ दिन कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उनीसहित ८ जना कैदी ०६६ माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भागेका थिए । उनीहरूले कोठाभित्रैबाट २१ फिट लामो सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए । फरार कैदीबन्दी पक्राउ गर्ने अभियन अन्तर्गत उनी लुकीछिपी बसेको सूचना पाएपछि योजना बनाएर पक्राउ गरिएको उपरिक्षक पौडेलले बताए । सुरुङ खनेर भागेका ७ जना भने यसअघि नै पक्राउ परेका थिए । ‘सुरङ खनेर भाग्नु जघन्य अपराध हो,’ उनले भने, ‘त्यसैले अन्सारीलाई लामो प्रयासपछि पक्राउ गरियो ।’ उनीहरूले करिब ढाइ फिट गोलाइमा सुरुङ खनेका थिए । रातभरी सुरुङ खनेर उनीहरू बिहान पख भाग्न सफल भएका थिए ।
उपरीक्षकमा पौडेल सरुवा भई आएपछि उनले अभियान चलाएर ९ महिनामा एक सय २६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । उनीहरूबाट एक सय ४७ वर्ष कैद सजाय र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना भएका असुल्न बाँकी रहेको थियो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया