

युनाइटेड स्टुडेन्ट एकेडेमीद्धारा ‘असल कृषक’ सम्मान



साझाकुरा । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित युनाइटेड स्टुडेन्ट एकेडेमिले उत्कृष्ट मौरिपालक किसानलाई सम्मान गरेको छ । आइतबार १२ औ राष्ट्रिय कृषक दिवसको अवसरमा असल कृषक सम्मान गरिएको विद्यालयले जनाएको हो ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमीले बाणगंगा ८ का मौरिपालक किसान टोम जि.सीलाई सम्मान गरेको जनाएको छ । हिमाली मौरी पालन तथा कृषि फर्म संचालन गरेका जि.सीले मौरीको मह उत्पादन गरी बजारीकरण गर्दै आयआर्जन गरिरहेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ७ देउराली टोल मोतिपुरमा उनको फर्म रहेको छ ।
एक समय वैदेशिक रोजगारीको शिलशिलामा विभन्नि देशमा समेत पुगेका जि.सीले वैदेशिक रोजागरीबाट सोँचे अनुसारको प्रतिफल नपाउँदा निराश थिए । स्वदेश फर्किएपछि कृषि पेसामा हात हालेसँगै मौरी पालन व्यवसायलाई बढी जोड दिएको बताए । “स्वदेशमा सम्भावनाहरु धेरै छन्, विद्यार्थीहरुले पढ्न जे जस्तो पढे पनि खास फरक पर्दैन, आफूलाई मन पर्ने विषय पढ्नु पर्छ । तर देश छोड्ने पढाई पढ्नु हुँदैन ।” उनले भने । विद्यार्थीहरुलाई आफ्नो अध्ययन पश्चात स्वदेशमै आत्मनिर्भर बन्ने माध्यय खोज्न पनि आग्रह गरेका छन् ।

विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुले प्रिन्सिपल कृष्ण के.सीसहितकाे उपस्थितिमा कृषक जि.सीलाई सम्मान गरेका हुन । यसका साथै प्रिन्सिपल के.सीले जीवन रक्षात्मक कृषि उत्पादनमा जोड दिँदै अहिलेका नयाँ पुस्तामा कृषिको महत्व र यसको आवश्यकतालाई समेत सजिलै उत्प्रेरणा जगाउन यस्ता कार्यक्रम अर्थपूर्ण हुने बताए ।
देशभरका कृषकहरूको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सोही अनुसार युनाइटेड स्टुडेन्ट एकेडेमीले समेत असल कृषक सम्मान कार्यक्रम गरेको जनाएको हो ।
‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’ भन्ने नारासहित आइतबार दिवस मनाइएको छ । वि सं २०७० साल देखि प्रत्येक वर्ष नेपालमा राष्ट्रिय कृषक महासंघ अन्तर्गतको कृषक सेवा समिति तथा विभिन्न निकायले समेत दिवस मनाउँदै आएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया