

संघीय बजेटबाट दाङ जिल्लामा पाँच अर्ब ९५ करोड विनियोजन

दाङ। दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन लाख र पुँजीगततर्फ ६४ करोड एक लाख गरेर पाँच अर्ब ५९ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।
सङ्घीय सरकारले जिल्लाका १० स्थानीय तहहरुलाई समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड तीन लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदानतर्फ तीन अर्ब ३२ करोड ५० लाख, विशेष अनुदानतर्फ आठ करोड ४५ लाख र समपूरक अनुदानतर्फ आठ करोड ५० लाख बजेट गरी कुल चार अर्ब ९४ करोड तीन लाख बजेट अनुदानको व्यवस्था गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा घोराही उपमहानगरपालिकाले एक अर्ब १३ करोड १६ लाख बजेट पाउनेछ । जसमा चालुतर्फ एक अर्ब एक करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ६२ लाख रहेको छ । समानीकरण अनुदान ३० करोड ३१ लाख, सशर्त अनुदान ८२ करोड १० लाख विशेष अनुदान ७५ लाख पाउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब चार करोड २३ लाख बजेट पाउने भएको छ । जसका चालुतर्फ ९६ करोड ७३ लाख र पुँजीगततर्फ सात करोड ५० लाख छ । समानीकरण अनुदानतर्फ २७ करोड ९६ लाख, सशर्त अनुदान ७४ करोड ८२ लाख र समपूरक अनुदान एक करोड ४५ लाख बजेट पाउने भएको छ ।
लमही नगरपालिकाले ४९ करोड १४ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ ३७ करोड २७ लाख र पुँजीगत ११ करोड ८७ लाख बजेट रहेको छ । समानीकरण अनुदान १४ करोड सशर्त अनुदानतर्फ ३३ करोड पाँच लाख समपुरक अनुदान एक करोड ५० लाख बजेट पाउने भएको छ ।
यसैगरी, गढवा गाउँपालिकाले ४२ करोड ६३ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ ३१ करोड आठ लाख र पुँजीगततर्फ १० करोड ७५ लाख बजेट छ । समानीकरण अनुदानमा १२ करोड ४४ लाख, सशर्त अनुदानमा २६ करोड ८४ लाख, विशेष अनुदान एक करोड ८५ लाख र समपूरक अनुदानमा एक करोड ५० लाख बजेट पाउने छ ।
दंगीशरण गाउँपालिकाले दुई करोड २८ लाख बजेट पाउनेछ । जसमा चालुतर्फ २२ करोड ७६ लाख र पुँजीगत खर्च पाँच करोड ५० लाख बजेट छ । समानीकरण अनुदानमा नौ करोड २६ लाख, सशर्त अनुदानमा १६ करोड ७० लाख, विशेष अनुदानमा एक करोड ८० लाख र समपूरक ५० लाख बजेट पाउने भएको छ ।
बंगलाचुली गाउँपालिकाले ३१ करोड ७३ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २८ करोड २३ लाख र पुँजीगततर्फ तीन करोड ५० लाख बजेट रहेको छ । समानीकरण अनुदान १८ करोड आठ लाख, सशर्त अनुदान २१ करोड आठ लाख विशेष अनुदान ५० लाख बजेट पाउने भएको छ । बबई गाउँपालिकाले २९ करोड २७ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २६ करोड ४२ लाख र पुँजीगततर्फ दुई करोड पाँच लाख बजेट छ । समानीकरण अनुदानमा १० करोड ३३ लाख, सशर्त अनुदानमा एक करोड १४ लाख विशेष अनुदानमा १० लाख बजेट पाउने भएको छ ।
राजपुर गाउँपालिकाले ३० करोड सात लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २५ करोड र पुँजीगततर्फ पाँच करोड ७८ लाख बजेट छ । समानीकरण अनुुदानमा नौ करोड ५४ लाख, सशर्त अनुदानमा १८ करोड ७९ लाख, विशेष अनुदान एक करोड २५ लाख र समपुरक अनुदानमा एक करोड २० लाख बजेट छ ।
त्यसैगरी, राप्ती गाउँपालिकाले ३७ करोड ६७ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ ३५ करोड चार लाख र पुँजीगततर्फ दुई करोड ६३ लाख बजेट छ । समानीकरण अनुदानमा १३ करोड २० लाख, सशर्त अनुदानमा २१ करोड ९७ लाख, विशेष अनुदान एक करोड ५० र समपूरक अनुदान एक करोड छ । शान्तिनगर गाउँपालिकाले २८ करोड ९६ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २६ करोड ९५ लाख र पुँजीगततर्फ दुई करोड एक लाख बजेट छ । समानीकरण अनुदानमा नौ करोड ९३ लाख, सशर्त अनुदानमा १७ करोड ६८ लाख र समपूरक अनुदानमा एक करोड ३५ लाख बजेट छ ।
[गोरखापत्र अनलाइन]


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया