

आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब





सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
यो चालू आर्थिक वर्षका तुलनामा करीब ६ प्रतिशतले धेरै हो। आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकममध्ये चालू खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।
त्यस्तै, पूँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ।
आगामी वर्ष १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ। त्यसैगरी, ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ।
राजस्व र अनुदानबाट प्राप्त रकमले अपुग हुने पाँच खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक र बाह्य ऋण लिने प्रस्ताव गरिएको छ। यसमध्ये दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी ऋण र तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण हुनेछ।
https://www.himalkhabar.com/news/141739


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया