

आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण शुरु



काठमाण्डाै : आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि बजेट भाषण शुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न शुरु गर्नुभएको हो ।
सरकारले झन्डै साढे १९ खर्ब रुपैयाँको बजेट पेश गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले बताएका छन् । राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्ब रुपैयाँको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो ।
आउँदाे बजेटमा राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान सम्बोधन तथा जलवायु अनुकूलन क्षमता बढाउनेलगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया