
सुवर्ण समशेर राणाले ल्याएको नेपालको त्यो पहिलो बजेट !

काठमाडौं | आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गर्दैछन्। नेपालमा पहिलो बजेट २००८ सालमा आएको थियो। नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ। चरम राणा शासनको समयमा नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रको लागि अन्दोन गरेर परिवर्तन ल्याएसँगै ८ सालमा कांग्रेसको नेतृत्वमा बजेट पनि ल्याउने परम्परा सुरु भएको हो। कांग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेसका अर्थमन्त्री सुवर्ण समशेर राणाले नेपालको पहिलो बजेट ल्याएका हुन्।
नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो। जुन बजेटमा अर्थमन्त्री राणाले ‘दाजु भाइ दिदी बहिनी १’ भनेर सम्बोधन गर्दै सुरु गरेका थिए। नेपालको पहिलो बजेट तीन हजार पाँच सय शब्द हाराहारीको थियो।
पहिलो बजेटमा आर्थिक वर्षको बजेट ल्याइएको थिएन। २००८ सालको लागि मात्र उक्त बजेट ल्याइएको थियो। उक्त बजेटमा २००७ सालको कुल(आम्दानी खर्च नै एकिन हुन नसकेको समेत भनिएको थियो। उक्त बजेटमा नेपालको देस्रो बजेट वैशाख अगावै आउने र त्यसले एक वर्षको योजना मात्र नभइ केही वर्षका हुने अर्थमन्त्री राणाले बजेटमा भनेका थिए।
‘सामान्य आम्दानी र खर्चको विवरणः( २००८ को सामान्य आम्दानी रु ३,०५,१६,००० ९तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ० आर्जन गरिएको हुनाले पोहोरको भन्दा रु। १४,३५,००० चौध लाख पैतिस हजार रुपैयाँ बढी आम्दानी हुने उमेद गरिएको छ’, पहिलो बजेटमा भनिएको छ, ‘२००७ सालमा मालपोतबाट रु। १,१९,१६,००० ९एक करोड उन्नाइस लाख सोह्र हजार रुपैयाँ० उठ्ती भएकोमा यो साल रु। ९४,०५,००० ९चौरानब्बे लाख पाँच हजार० उठ्ती हुने अनुमान गरिएको छ।’
उक्त बजेटमा २००८ सालको आम्दानी ३० लाख १५ हजार ६०० रहेको थियो भने खर्च ५ लाख २५ नपुग राखिएको थियो। उक्त नपुग मध्ये ५१ लाख ६९ हजार रुपैयाँ उत्पादक विकासका योजनातर्फ नयाँ यन्त्र खरिद र पुरानो जीर्णोद्धारतर्फ र पछि असुल हुने तकानी कर्जा लिने आकलन गरिएको थियो।
सामान्य आम्दानी र खर्चको विवरण, विशेष आम्दानी र त्यसको बाँडफाँडको विवरण र आम्दानी र खर्चको संकलित विवरण गरेर ३ प्रकारको खर्चको विवरण तत्कालीन अर्थमन्त्री राणाले बजेटमा योजना ल्याएका थिए।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया