महिलाहरूलाई सिप विकास तालिम

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका वडा न.१० स्थित पटना धर्मपुरमा महिलाहरूका लागि सीप बिकास तालिम अन्तर्गत स्वास्थ्य सरसफाइ संग सम्बन्धित सर्फ बनाउने ,तालिमको मंगलबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ।

नेपाल राष्ट्रिय उद्योग ब्यवशाय महासंघ कपिलवस्तु र बाणगंङ्गा नगरपालिका वडा नं.१० काे सहकार्यमा महिलाहरूलाई सिपबिकास कार्यक्रम अन्तर्गत नि:शुल्क सर्फ उत्पादन तथा प्याकेजिङ्ग गर्ने १०दिने उक्त तालिमलाई सम्बाेधन गर्दै बाणगंङ्गा नगर उपप्रमुख रिता कुमारी चौधरीले तालिमबाट सिकेका ज्ञानसिपलाई आफुमा सिमित नराखी ब्यवशायमा ढाल्न सके आत्मनिर्भर बन्न सकिने बताइन् ।साथै उनले यस्ता तालिम हरू निरन्तर सञ्चालन गर्नुपर्नेमा पनि जाेड दिइन।

१०दिन सम्म सञ्चालित तालिममा ३२जना सहभागी रहेको उक्त तालिमको निरू गिरीकाे सहजीकरण रहेको थियो । कार्यक्रममा बाेल्ने बक्ताहरूले सिकेको सिपलाई कार्यान्वयन गर्ने प्रतबद्वता गर्दै थप तालिमको माग राखे विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,कार्यरत कर्मचारी लगायतकाे बिशेष उपस्थिति रहेको कार्यक्रम संघका अध्यक्ष रबिन्द्र पौडेलकाे अध्यक्षता वडा न.१०अध्यक्ष यमप्रसाद पाेख्रेलकाे बिशिस्ट आतिथ्यता तथा सचिव मनु रसालीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया