

पोषणमैत्री पालिका बन्यो गुल्मीको रेसुङ्गा



गुल्मी | गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिका स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको हो ।
यस नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेसँगै पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरप्रमुख खिलध्वज पन्थीलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनाउन नगरपालिकाभित्रका १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थालाई घोषणा गर्दै सिङ्गो नगरपालिकालाई पनि घोषणा गरिएको हो । स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रदर्शनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिकाले स्वास्थ्यक्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।
यस जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई निकै तीव्र रुपमा अगाडि बढाएका छन् । यसअघि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र धुर्कोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया