![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
![](https://esajhakura.com/wp-content/uploads/2024/06/Bijayanagar-gaupalika-add-1024x114.gif)
पोषणमैत्री पालिका बन्यो गुल्मीको रेसुङ्गा
![](https://esajhakura.com/wp-content/uploads/2024/08/ezgif-5-0f3610c14b-1024x111.gif)
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2024/05/resunga.webp?fit=640%2C320&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/12/GGGGGGG-CHAND-POLYCLINIC-INLINE-ADVERT.gif)
गुल्मी | गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिका स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको हो ।
यस नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेसँगै पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरप्रमुख खिलध्वज पन्थीलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनाउन नगरपालिकाभित्रका १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थालाई घोषणा गर्दै सिङ्गो नगरपालिकालाई पनि घोषणा गरिएको हो । स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रदर्शनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिकाले स्वास्थ्यक्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।
यस जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई निकै तीव्र रुपमा अगाडि बढाएका छन् । यसअघि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र धुर्कोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेका छन् ।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया