
नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिने सरियल बन्याे “हिरामण्डी”

काठमाडौं । ‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो ।
भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज ४३ मुलुकमा धेरै हेरिने १० उत्कृष्टमध्ये परेको छ । गैरअंग्रेजी भाषाको सूचीतर्फ यो सिरिज दोस्रो स्थानमा छ । पहिलो स्थानमा ‘द असुन्टा केस’ छ ।
‘हीरामण्डी’लाई ४.५ मिलियन पटक हेरिएको छ भने दर्शकले यो सिरिज हेर्न ३३ मिलियन भ्युअर्ससिप घण्टा खर्चिएका छन् । ‘हीरामण्डी’ अर्को भारतीय शो ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’ भन्दा अघि छ । आठ एपिसोडको यो सिरिज भन्सालीको ओटीटी डेब्यु समेत हो ।
‘हीरामण्डी’ले चर्चित अन्तर्राष्ट्रिय सिरिजहरु सुपरसेक्स, द किलर प्याराडक्स, जियोनसियोङ क्रिएचरलाई पनि उछिनेको छ । मनिषा कोइराला लगायतको शीर्ष भूमिका रहेको हीरामण्डीले सन् १९२० र १९४० को दशकको लाहोरको कथा भन्छ, जहाँ ब्रिटिस उपनिवेशविरुद्ध संघर्ष गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया