

प्रदेश प्रमुख शेरचन गम्भीर बिरामी, आईसीयूमा उपचार हुँदै



लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी परेका छन्। गएको बिहीबार साँझ अचानक बिरामी परेपछि शेरचनलाई उपचारको लागि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए।
‘दुई दिनदेखि उहाँको आईसीयूमा उपचार भइरहेको छ,’ केही बेरअघि पोख्रेलले नेपालखबरसँग भने, ‘अवस्था सुधारोन्मुख छ भन्ने जानकारी चिकित्सकले दिएका छन्।’
८० वर्षीय शेरचनमा न्यूरो सम्बन्धि समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
लुम्बिनीमै रहेको बेला अचानक देव्रे हात नचल्ने भएपछि उनलाई काठमाडौँ ल्याइएको हो।
‘देब्रे हात अचानक नचल्ने भएपछि उपचारमा ल्याइएको थियो,’ पोख्रेलले भने, ‘परीक्षणको क्रममा उहाँको मस्तिस्कको देब्रतिरको नसा ब्लक भएको कुरा चिकित्सकले गरेका छन्। उपचारपछि हात चाहीँ अलिअलि चल्न थालेको छ। तर, औँलाहरु चलेको छैनन्।’
माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेशमासमेत प्रदेश प्रमुख थिए।
तत्कालिन मन्त्रिपरिषदको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया