
प्रदेश प्रमुख शेरचन गम्भीर बिरामी, आईसीयूमा उपचार हुँदै

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन गम्भीर बिरामी परेका छन्। गएको बिहीबार साँझ अचानक बिरामी परेपछि शेरचनलाई उपचारको लागि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए।
‘दुई दिनदेखि उहाँको आईसीयूमा उपचार भइरहेको छ,’ केही बेरअघि पोख्रेलले नेपालखबरसँग भने, ‘अवस्था सुधारोन्मुख छ भन्ने जानकारी चिकित्सकले दिएका छन्।’
८० वर्षीय शेरचनमा न्यूरो सम्बन्धि समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
लुम्बिनीमै रहेको बेला अचानक देव्रे हात नचल्ने भएपछि उनलाई काठमाडौँ ल्याइएको हो।
‘देब्रे हात अचानक नचल्ने भएपछि उपचारमा ल्याइएको थियो,’ पोख्रेलले भने, ‘परीक्षणको क्रममा उहाँको मस्तिस्कको देब्रतिरको नसा ब्लक भएको कुरा चिकित्सकले गरेका छन्। उपचारपछि हात चाहीँ अलिअलि चल्न थालेको छ। तर, औँलाहरु चलेको छैनन्।’
माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेशमासमेत प्रदेश प्रमुख थिए।
तत्कालिन मन्त्रिपरिषदको सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया