

महावीर पुनको पुस्तक पछिल्लो १०० दिनमा ८४ हजार प्रति बिक्री, कति भयो आम्दानी ?



काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर विभिन्न जिल्लामा बिक्रीका लागि पुगेका पुनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको जानकारी गराएका छन् ।
उनले उक्त पुस्तकको बिक्रीबाट झन्डै पाँच करोड रुपैयाँ आर्जन गरेको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन् ।
विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया