
लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । शुक्रबार महराले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत मागेका हुन् । योग्य देखेर नै आफूलाई मुख्यमन्त्री बनाएको भन्दै उनले वार्षिक क्यालेण्डर बनाएर विकासका योजना तर्जुमा गर्ने बताए । यस्तै दलहरूको सहमितमा छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए ।
‘मलाई योग्य देखेर नै मुख्यमन्त्रीको जिम्मेवारी दिएको अनुभूति गरेको छु । सहयात्री दलहरूको सहमतिमा छिट्टै मन्त्रिपरिषद विस्तार गर्छौं । मुख्यमन्त्रीको हैसियतमा लुम्बिनीको विकासका लागि म नभइ हामीबाट प्रेरित भएर काम गर्छु । त्यसका लागि वार्षिक क्यालेण्डर बनाएर अगाडि बढ्छौं’, उनले भने ।
विश्वासको मत माग्दै उनले सबैसँग हातेमालो गरेर आफू अगाडि बढ्न चाहेको बताए । महरा एमाले, माओवादी केन्द्र, नाउपा, जसपा, एकीकृत समाजावादी दलको समर्थनमा चैत १३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया