

शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे



काठमाण्डाै : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आज होटल र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । एक करोड १२ लाख कित्ता शेयर चार अर्ब २५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया