हाेली मिलन एवं भेटघाट कार्यक्रम

-रामबहादुर गन्धर्व ।

महाकाल युवाशक्ति नेपालद्वारा युवा नेपाल कार्यकर्ताहरूकाे हाेली मिलन एवं भेटघाट कार्यक्रम शनिबार कपिलवस्तुकाे बुद्धभुमि नगरपालिका वडा नं.७ महादेवाघाटमा सम्पन्न भएको छ।

प्रचारप्रसारकाे अभावमा पछाडि परेको यश क्षेत्रलाई चिनाउने उद्वेश्यका साथ उक्त स्थानमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजित हाेलि मिलन ,भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै हाेलि एक पवित्र पर्व भएकोले खुशी ,धर्म रक्षाकाे पर्व भएको बताउदै महाकाल युवाशक्ति नेपाललाई सम्बन्धित निकायमा दर्ता गरि अधिकार सम्पन्न गर्नुपर्नेमा जाेड दिएका थिए।

उक्त कार्यक्रममा बाेल्ने बक्ताहरूले धर्म रक्षाका लागि सबै सनातन हिन्दुहरू एक जुट हुनुपर्ने बताए कार्यक्रम महाकाल युवाशक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मराज बिश्वकर्माकाे अध्यक्षता ,समाजसेवी ,बुद्धिजीवी जंगबहादुर शाहीकाे प्रमुख आतिथ्यता र केन्द्रीय सचिव प्रेम याेगीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै