

न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल प्रदेशकै पहिलाे बन्दा कपिलवस्तु अस्पताल बन्यो दाेस्राे



स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पूरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ अंक ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्ला अस्पतालमध्ये गुल्मी अस्पताल तेस्रो भएको हो ।
९६ अंकसहित बर्दिया जिल्ला अस्पताल पहिलो र ९४ अंक ल्याएर कपिलवस्तु जिल्ला अस्पताल दोस्रो बनेको छ ।
गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ८९ अंक ल्याएर तेस्रो भएको थियो ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले भौतिक संरचनाको अभावका बीच उत्कृष्ट सेवा प्रवाह दिइरहेको बताए । उनले गुल्मी अस्पतालको सेवालाई थप स्तरीय बनाउन भौतिक संरचनाको अभावले अप्ठ्यारो पारेको प्रतिक्रिया दिए ।
जनस्वास्थ्य निरीक्षक बोम अर्यालले न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनले अस्पतालको वास्तविक आधार तय हुने बताए । उनले भने, ‘प्रत्येक वर्ष भइरहेको मूल्याङ्कनले अस्पतालको सेवा कुन अवस्थामा छ भन्ने थाहा हुन्छ ।’ उनका अनुसार सीमित स्रोत साधनका बीच पनि गुल्मी जिल्ला अस्पतालले हाडजोर्नी, गाइनो, हेमोडायलसिस जस्ता सेवा पनि दिइरहेको छ ।
२०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भए पनि संरचनाको अभावमा अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । अहिले आईसीयू, सर्जिकल, मेडिकल, चिल्ड्रेनलगायत उपचार कक्षको व्यवस्था सहितको ५ तलाको नयाँ भवन बन्दैछ ।
अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठको टोलीले मूल्याङ्कन गरेको थियो ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया