

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु



साझाकुरा । अर्घाखाँचीमा माटोको ढिस्कोले पुरीएर १ जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन्।
जिल्लाको शितगंगा नगरपालिका वडा नं २ सितापुर झिर्रामा माटो लिन गएका दुई जना महिला माटोको ढिस्कोले पुरिएका थिए।
साथीहरु मिलेर घर लिपपोतका लागि माटो लिन गएका मध्ये २ जना माटोको ढिस्को खसेर पुरिएको स्थानीयले बताए ।
पुरिएका मध्ये शितगंगा २ झिर्रा निवासी ४० बर्षिय शारदा अधिकारीको मृत्यु भएको सितगंगा नगरपालिका वडा नं २ का वडाध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बताए।
उनी संगै पुरिएकी ३८ बर्षिय राधा अधिकारीको अवस्था गम्भिर रहेको र थप उपचारका लागि बुटवल रेफर गरिएको वडाध्यक्ष क्षेत्री बताए।
गाउका ६र ७ जना महिलाहरु मिलेर घर लिपपोत गर्न राम्रो छ भनेर डोजरले बाटो खन्दा निकालेको माटो लिन जानु भएको रहेछ। अचानक ढिस्को पल्टेछ वडाध्यक्ष गोर्खा क्षेत्रीले भने।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया