
कपिलवस्तुबाट राजेन्द्र महतोले भने, पहिचानवादी एक हुनुपर्छ

साझाकुरा । राष्ट्रिय मुक्ति अभियानका संयोजक राजेन्द्र महतोले अब देशभरका पहिचानवादी एक भएर एकात्मक राज्य सत्तालाई अन्त्य गर्नुपर्ने दिन आएको बताउनुभएको छ। राष्ट्रिय मुक्ति अभियान कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय मुक्ति क्रान्ति बृहत् सम्वादात्मक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
महतोले नेपालमा पहिचानवादी एक भएर उभिन नसक्दा एकल राज्यको सञ्चालकलाई सहज वातावरण निर्माण भएको बताउनुभयो। उहाँले देशमा शासन र संविधान आफ्नो हित, कुर्सीका लागि सीमित भएको आरोप समेत लगाउनुभएको छ।
महतोले शासन र संविधान जनताका लागि र नेपाल सबै नेपालीका लागि बनाउन बहुल राष्ट्रिय राज्य स्थापनाबाहेक अरू कुनै उपाय नरहेको दाबी गर्नुभयो। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको उहाँको भनाइ छ।
कार्यक्रम राष्ट्रिय मुक्ति अभियानका कपिलवस्तुका संयोजक रविदत्त मिश्रको अध्यक्षतामा भएको हो।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया