
पोलेको मकै र सालको पात बेच्नेलाई बुटवल उपमहानगरको सहयोग

साझाकुरा । बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरूलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ।
कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरका रूपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरूलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताए । उनले नगरले दिएको रकमले महिलाहरूले आफ्नो पेशा व्यवसायलाई अरू स्तरीय बनाउनका लागि सहयोग हुने बताए।
बुटवलका विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरूलाई जनही ५ हजार रूपैयाँका दरले सहयोग उपलब्ध गराएको हो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन मद्दत हुने गरी सहयोग गरेको बताइन्। ‘बुटवललाई समानता, स्वाभिमान र अवसर सहितको बस्न योग्य सहर बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम गर्दै आएका छौं,’ उनले बताए ।
आजकोअर्थबाट ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया