

बुद्धले विश्व शान्तिकाे सन्देश दिए : प्रदेश प्रमुख शेरचन





भगवती न्यौपाने कपिलवस्तु। नेपाल प्राकृति सम्पदाको सुन्दर र शान्त देश भएको लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनले बताउनु भयो । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वटपा महावन विहारमा आयोजित बुद्धमूर्ति प्रतिस्थापन तथा भिक्षु कृबा चाओ श्रीविचाई तोनबुन लान्नाको १५० औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोदन गदै उहाँले यस्तो बताउनु भएको हो ।
नेपालमा जन्मेको गौतम बुद्धले विश्व शान्ति सन्देश दिन सफल भएको उहाँले बताउनु भयो । गैतम बुद्धको बारेमा हामीले जति वुज्नु र जानू पर्ने हो यो नेपालीलाई भन्दा छिमेकि देशलाई धेरै थाहा भएको समेत उहाँले बताउनु भयो ।

नेपालबाट सिकेर संसारमा पुग्नुपर्ने बुद्धिज्म अहिले बहिर बाट हामिले सिक्नु पर्दा दुख लागेको समेत बताउनु भयो । स्थानिय,प्रदेश र संघीय सरकारले बुद्धिज्म लाई थप व्यवस्थित गरि विस्तार गर्दै अगाढी बढ्नु पर्ने बताउदै देशका प्रयटकिय धार्मिकहरु थलहरुको क्षेत्रको विकासमा सबैले जोड दिनु उहाँले बताउनु भयो ।
लुम्बिनी प्रदेशसामाजिक विकासमन्त्री चन्द्रकेश (सीके) गुप्ताले विभिन्न देशमा जादा गैतम बुद्धको नामले सम्मान पाउदा गर्व लागेको बताउनु भयो । बाहिर जादा नेपाल भनेर चिन्ने कमै हुन्छन् तर लुम्बिनी गैतम बुद्ध जन्मेको ठाउँ भनेर सबैले चिन्ने गरेको बताउनु भयो । गौतम बुद्धले दिएका सन्देशले मावन जिवनलाई सकरात्मक बाटो तर्फ लौजान प्रेरित गर्ने मन्त्री गुप्ताले बताउनु भयो ।
वाणगंगा नगरपालिकाका मेगर चक्रपाणी अर्यालले नगरमा रहेका धामलाई विकास विकास गर्न नगर सधै लागि परेको बताउनु भयो । साथै उहाँले यस्ता धामको संरक्षण गर्न सके पर्यटकिय हिसाबले पनि अगाडी बढाउन सकिने स्पष्ट पार्नु भएको थियो ।
यता कार्यक्रमको बारेमा बताउदै कपिलवस्तु महावन बौद्ध विहार मधुवानका संरक्षक भन्ते सुमंगलो भगवान गौतम बुद्धको बारेमा बताउदै बुद्ध संग जोडिएको कपिलवस्तुलाई विकासमा अगाडि बढाउनु पर्ने बताउनु भयो । साथै यस कार्यक्रम गर्नुको उदेश्यको बारेमा समेत उहाँले यसरी स्पष्ट पर्नु भएको थियो ।
श्रीविचाई वाट डोई ती फाउन्डेसनका अध्यक्ष तथा लम्फुन प्राप्तका पूर्व गर्भनर (प्रदेश प्रमुख) डा. डिरेक कोनक्लेभले बोल्दै बुद्ध जन्मेको लुम्बिनी शान्तिको हिसाबले धेरै अगाडि भएको बताउनु भयो । साथै नेपाललाई गौतम बुद्धले चिनाएको समेत बताउनु भयो ।
विपश्यना केन्द्र सहायक मेगराज ज्ञवालीले बोल्दै अनुभवले मान्छेलाई धेरै परिपक्वता बनाउने बताउनु भयो । मनको सुखि र शान्ति हुनु नै मानव जिवनमा आन्नदको अभुभुति हुने बताउदै मधुवानधामलाई अगाडि बढान तिनै तहका सरले सहयोग गर्नु पर्ने बताउनु भयो
धामका अनुसन्धाकर्ता चतुर भुज पाण्डे र पोमनारण पौडेलले लेख्नु भएको रोहिणि पानी विवाद, कपिलवस्तु महावन र महासमय स्थल पुस्तक प्रदेश प्रमुख सेरचन, मन्त्री गुप्ता र नगर प्रमुख अर्याल द्धारा बिमोचन गरिएको छ । लेखम पाण्डेले पुस्तकको बारेमा बताउदै चतुर भुज पाण्डे बताउदै बुद्धले महासमय सुत्र देसना गरेको स्थलको बरेमा विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख गरिएको, कपिलवस्तु महावन क्षेत्र बुद्धद्धारा विभिन्न सुत्रहरुको देसना गरेको स्थलको बारेमा लेखिएको छ भने पुस्तकले कपिलवस्तु महावन क्षेत्र र बुद्धले हिंसालाई कसरी शन्तिमा रुपान्तरण गर्नु भयो त्यसका लागि केके गर्नु परेको थियो भन्ने जस्ता विषयवस्तुहरुको बारेमा पुस्तत गरिएको छ ।
उक्त कार्यक्रममा वडा अध्यक्ष बाबुराम अर्यालल,विभिन्न राजनिक दलका प्रतिनिधि, विभिन्न संग संस्थाका प्रतिनिधि,बुद्धिजिवि, थाइल्यान्डका पुर्व उच्च पदस्थ, गर्भनर,सेना प्रमुख, सामाजिक विकास विभाग, अन्तरराष्ट्यि स्तर कम्पनी प्रमुख,स्वास्थ्थ विज्ञ,शिक्षा क्षेत्रका प्रध्यापक, उपासक उपासनिक गरी २०० जनाको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पोमनारण पौडेलले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरी प्रसासनको समेत सहभागि रहेको थियो ।
यता अर्घाखाचीको सितगंगा नगरपालिका वडा नं. १४ मारहेको महासमय गुफा , महा समय स्थलको लुम्बिनीका प्रदेश प्रमुख अमिक सेरचनले सो स्थलको अवलोकन भ्रमण गर्नु भएको छ ।

महासमय गुफाको नामले परिचित अर्घाखाचीको सितगंगा नगरपालिका अवस्थीत सो गुफामा ५ सय जना भिक्षुले ध्यान गरि मुक्ति गरेको किम्म दन्तीका आधारमा सो गुफाको नाम राखिएको त्यहाका स्थानीयले बताउदै आएका छन । सो गुफा भित्र बिभिन्न आकारका मुत्र्ति, मानिसका दात र मानिसका शरिरिक बिभिन्न आकारहरु पनि सजिलै गुफामा देख्न सकिन्छ ।
सो गुफा देखि करिव ७ सय मिटर टाढा त्यस्तै पौराणिक पुरातात्विक स्थलका रुपमा परिचित रहेको महासमय स्थल वाणगंगा नगरपालिका भित्र रहेको छ । भगवान गौतम बुद्धले ध्यान गर्ने क्रममा प्रयोग गरेका बिभिन्न आकारका बिभिन्न बस्तुहरु समेत रहेको भन्ने आसंकामा सो स्थानलाई त्यहाका स्थानीले तारबेर गरि त्यसको संरक्षण गरेको बताउदै आएका छन् । त्यसको अध्ययन अनुसन्धान गरि संरक्षण गर्नका लागि लुिम्बनी प्रदेश सरकार लागि पर्ने कुरामा प्रदेश प्रमुख अमिक सेरचनले जोड दिनु भयो ।
सो स्थानमा पुगेर अवलोकन गरे पछि लुम्बिनी प्रदेश प्रमुख अमिक सेरचनले यस्ता महत्व पुर्ण स्थलहरुको पहिचाहन गरि संरक्षण गर्नु आम नागरिकाको दायित्व भएको हुदा महासमय गुफा, महासमय स्थलको अध्यन अनुसन्धान गर्नका लागि बिज्ञग्यहरुको टोलि खटाएर यसको बास्तबिकता केहो सो स्थानमा अन्य महत्वपुर्ण पुरातात्विक बस्तुहरु हुन सक्ने हुदा यसको संरक्षण , र प्रचार प्रसारमा लुम्बिनी प्रदेश सरकार लाग्ने कुरामा विश्वास दिलाउनु भयो । उक्त अबलोकनमा धामका अनुसन्धाकर्ता चतुर भुज पाण्डे र पोमनारण पौडेलल, कपिलवस्तु महावन बौद्ध विहार मधुवानका संरक्षक भन्ते सुमंगलो उक्त कार्यक्रममा इलाका प्रहरी पिपहराको गोपाल,पत्रकारहरुको समेत सहभागि रहेको थियो । यस्तै यता थाइल्यान्डका पुर्व उच्च पदस्थहरुले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री जनसेवा आधारभुत विद्यालय उदयपुरका विद्यालयका ५० भन्दा बढि गरिव जेहेन्दार छात्र छात्राका लागि थाइल्याणबाट आएका प्रतिनीधीहरुले कापी ,पेन्सील, खानेकुरा सहित खेलकुदका सामाग्री सहित नगद १ लाख २० हजार रकम हस्तान्तरण गरिएको थियो ।



खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया