

तौलेश्वरनाथ मन्दिरमा एक लाख बढी भेटी संकलन



कपिलवस्तु । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ मन्दिरबाट एक लाख बढी भेटी संकलन भएको छ । यसपटकको महाशिवरात्रि पर्वको अवसरमा मन्दिरमा चढाइएको उक्त भेटी संकलन भएको हो ।
नेपालकै ठुलो शिवलिङ्ग दाबी गरिएकोे मन्दिरमा महाशिवरात्रिमा हजारौं भक्तजनले पूजापाठ गर्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताका अनुसार महाशिवरात्रीिमा तौलेश्वरनाथ महादेव मन्दिरमा १ लाख ४० हजार भेटी सङ्कलन भएको बताउनुभयो ।
मन्दिरमा छिमेकी जिल्ला, अर्घाखाँची, रुपन्देही, भारतका सिद्धार्थनगर, नौगढ, गोरखपुर, बलरामपुर तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिरमा पूजापाठ गरेको उहाँको भनाइ छ ।
भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किदा उहाँका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गरेको जनविश्वास छ । मन्दिरमा साउन र फागुन गरी दुई पटक मेला लाग्ने गर्छ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया