

तौलेश्वरनाथ मन्दिरमा एक लाख बढी भेटी संकलन


कपिलवस्तु । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ मन्दिरबाट एक लाख बढी भेटी संकलन भएको छ । यसपटकको महाशिवरात्रि पर्वको अवसरमा मन्दिरमा चढाइएको उक्त भेटी संकलन भएको हो ।
नेपालकै ठुलो शिवलिङ्ग दाबी गरिएकोे मन्दिरमा महाशिवरात्रिमा हजारौं भक्तजनले पूजापाठ गर्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताका अनुसार महाशिवरात्रीिमा तौलेश्वरनाथ महादेव मन्दिरमा १ लाख ४० हजार भेटी सङ्कलन भएको बताउनुभयो ।
मन्दिरमा छिमेकी जिल्ला, अर्घाखाँची, रुपन्देही, भारतका सिद्धार्थनगर, नौगढ, गोरखपुर, बलरामपुर तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिरमा पूजापाठ गरेको उहाँको भनाइ छ ।
भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किदा उहाँका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गरेको जनविश्वास छ । मन्दिरमा साउन र फागुन गरी दुई पटक मेला लाग्ने गर्छ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया