

प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने



साझाकुरा, दाङ। लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने भएका छन्। शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
प्रधानमन्त्री आउने भएपछि प्रदेशसभा भवन परिसर क्षेत्रमा सरसफाइदेखि आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् आदर्श नमुना माध्यमिक विद्यालय परिसर क्षेत्रमा ओर्लने र त्यहाँबाट सिधै प्रदेशसभामा पुगेर सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत प्रदेशका मन्त्रीहरूसँग भेट हुने छ।
यो भेटपछि राप्ती गाउँपालिकाको सभाहलमा आयोजित नेकपा माओवादी केन्द्रको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया