

लामाे समय एयरफाेनकाे प्रयाेग ! के हुन्छ असर ?


आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो । प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फेसन झैँ बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।
विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले कानको पर्दामा नकारात्मक असर पार्न सक्ने चिकित्सकहरू बताउँछन् । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउनुका साथै कान सुन्निन र दुख्न पनि सक्छ ।
एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ । एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत् चुम्बकीय तरङ्गहरू निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्याउन सक्छ । अझ कान भित्रै पस्ने एयरफोनले दिमागमा समेत हानी पार्न सक्छ ।
संगीत सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ । साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनि प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नोक्सान हुनसक्छ ।
एयरफोनमा जमेको धूलोका कारण कानमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दुख्ने समस्या पनि बढ्दै जान्छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया